न्युज टाईम्स टिभी – जनकपुरधाम, ४ चैत २०८२, बुधवार— जिल्ला प्रशासन कार्यालय धनुषा ले ग्यास आपूर्तिसम्बन्धी महत्वपूर्ण सूचना जारी गर्दै बजारमा पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराइएको जनाएको छ।
कार्यालयका अनुसार नोबेल ग्याँस कम्पनी ले २०८२ फागुन २९ गतेदेखि चैत २ गतेसम्म कुल २५ हजार ९५० आधा सिलिन्डर ग्यास बजारमा आपूर्ति गरेको छ। त्यसैगरी चैत ३ गते मात्रै थप ७ हजार सिलिन्डर ग्यास वितरण गरिएको जानकारी दिइएको छ।
प्रशासनले सर्वसाधारण उपभोक्तालाई आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। साथै, ग्यास डिलर तथा बिक्रेताहरूलाई इमान्दारीपूर्वक उपभोक्तामाझ ग्यास वितरण गर्न निर्देशन दिइएको छ।
यदपि, प्रशासनले यस्तो अपिल बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन तथा आपूर्ति व्यवस्थालाई सहज बनाउन गरिएको जनाएको छ।
