सर्वोच्चको आदेशपछि किशोरी साहको उम्मेदवारी विवादमा नयाँ मोड !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम,२८ फागुन २०८२, बिहिवार
सर्वोच्च अदालत ले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह को नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ।

गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबी गर्दै साह अदालत पुगेका थिए। न्यायाधीश सारंगा सुवेदी को इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्र का नाममा अन्तरिम आदेश जारी गरेको हो।

यो आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग को निर्णय निस्तेज हुने अवस्थामा पुगेको छ। त्यसो हुँदा साहको उम्मेदवारी यथावत रहने र उनले पाएको मत पनि स्वाभाविक मानिने अवस्था देखिएको छ।

निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरे पनि फागुन २१ को निर्वाचनमा उनको चुनाव चिह्न ‘घण्टी’मा धेरै मत परेको थियो। तर उम्मेदवारी नै खारेज भएको अवस्थामा उनीभन्दा कम मत पाएका मातृका यादव लाई आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *