न्युज टाईम्स टिभी डेस्क – काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्चको विवरण बुझाएका हुन्।
चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा चुनावमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
विवरणअनुसार मनोनयन दर्ता, यातायात तथा इन्धन, रासन खरिद, नमुना मतपत्र छपाइ लगायत १० शीर्षकमा उक्त रकम खर्च भएको जनाइएको छ।

