धनुषाधाममा जुवा खेलको तीन नायक पक्राउ

न्युज टाईम्स टिभी डेस्क धनुषा,(धनुषाधाम) ८ वैशाख २०८२, सोमवार —
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ अन्तर्गत पर्ने हरिपुर टोलमा करिब ६ महिनादेखि चलिरहेको जुवा खेल (तासको जुवा) को अखडा बाट प्रहरीले दुई जना जुवाडेलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा राजेश सहनी, काजी बल, र प्रदिप दास रहेका छन्। उनीहरूलाई जुँगा खेलको नायकका रूपमा चिनिन्थ्यो।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जट्टा शंकर यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्नुका साथै घटनास्थलबाट दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।

एक स्थानीय बासिन्दाका अनुसार, सो स्थानमा दैनिकरूपमा दुई लाख रुपैयाँभन्दा बढीको जुवा खेलिने गरेको र उनीहरुले जुँगा खेलको नाममा दिनभर जुँगाको अखाडा बनाएर यो समाजलाई बिग्राने किसिमको वातावरण सिर्जना गर्दै राखेको आरोप समेत लगाए |

प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। यसरी खुलेआम जुवा खेलाउने गिरोहको पर्दाफास हुनु भनेको समाजमा गलत अभ्यासलाई रोक्ने सकारात्मक संकेत भएको जनाइएको छ।

यदपि, जुवा तथा यस्तै लतजन्य गतिविधिहरूलाई रोक्न प्रहरी प्रशासनको सक्रियता मात्र पर्याप्त हुँदैन। यस्तो अवस्थालाई स्थायी रूपमा नियन्त्रण गर्न स्थानीय सरकार, सामाजिक संघसंस्थाहरू र समुदाय स्वयंले पनि जागरूकता अभियान सञ्चालन गर्नु जरुरी देखिन्छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *