न्युज टाईम्स टिभी डेस्क – धनुषा,२०८२ वैशाख ९ गते
धनुषा जिल्लाको सहिदनगर नगरपालिका ५ बासुदेवपट्टीमा २०८२ वैशाख ८ गते राति एक महिलाले दुई छोरी एक छोरा सँगै विष सेवन गरेकी छिन्।
उक्त वडाका वडा अध्यक्ष सुरेश कुमार कापरका अनुसार महिलाले दुई छोरी एक छोराको राति नै मृत्यु भइसकेको र महिला जिउँदै रहेको अवस्थामा उहाँलाई स्वास्थ्य उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामा लगेको बताउनुभयो।
प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि राम जानकी हस्पिटलमा लगि महिलाको पेटमा रहेको नै महिनाको बच्चालाई डाक्टरले शल्यक्रिया गरी उपचार भइरहेको साथै महिलाको अवस्था गम्भीर रहेकोले भेन्टिलेसनमा राखेको हस्पिटल स्रोतले जानकारी गराए।