न्युज टाईम्स टिभी डेस्क – काठमाडौं, २०८१ वैशाख ९।
राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तोकिएको मिति अनुसार नै सञ्चालन गर्ने निर्णय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डकोआज बिहान बसेको बैठकले परीक्षा नरोक्ने स्पष्ट निर्णय सार्वजनिक गरेको हो।
पछिल्लो समय शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक तथा शैक्षिक कर्मचारीहरूले चालेको आन्दोलनका कारण कक्षा १२ को परीक्षा समयमै नहुने आशंका जनाइएको थियो। तर, बोर्डले परीक्षार्थीको भविष्यलाई मध्यनजर गर्दै निर्धारित तालिका अनुसार परीक्षा सञ्चालन गर्ने बताएको छ।