धनुषा ; ट्राफिक प्रहरीको सक्रियता र जनचेतना अभिबृद्धिले सडक दुर्घटनामा कमी !!

जय कुँवर

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, ६ वैशाख २०८२, शनिवार

धनुषाको ट्राफिक व्यबस्थापनलाई प्रभावकारी बनाउदै सडक दुर्घटनाहरुमा कमी ल्याउन धनुषाका ट्राफिक प्रहरीले गरेका पछिल्ला गतिबिधि एवं प्रयासहरु उपलब्धुंलक भएको देखिएको छ ।

ट्राफिक प्रहरीले चालेका विभिन्न अभियान एवं जनचेतना अभिबृद्धिका कार्यक्रमहरुले सडक दुर्घटनामा कमी आएको देखिन्छ ।

गत बर्षको तुलनामा जनचेतनामुलक कार्यक्रमको प्रभाव र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटनामा परि मृत्यू हुनेको संख्यामा कमी आएको देखिन्छ। 

ट्राफिक प्रहरीका अनुसार, यो प्रगति ट्राफिक प्रहरीको सक्रियता र जनचेतनामुलक कार्यक्रम र नियमहरुको कडाईका साथ पालनाको प्रतिफल हो। यो सुधारलाई अझ प्रभावकारी बनाउन र निरन्तरता दिन योजनाबद्ध तरिकाले लाग्ने तयारी भैरहेको जनाएको छ ।

यसले भविष्यमा पनि दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरण गर्न र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा लिएको छ ।थप सुधार गर्न र यसलाई निरन्तरता दिन ट्राफिक प्रहरीले थप योजनाहरु निर्माण गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरि बहादुर वलीका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि कार्यालयले विभिन्न जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। “सवारी चालक र यात्रुहरूमा ट्राफिक नियम पालनाको महत्वबारे जागरूकता फैलाउन हामीले नियमित रूपमा प्रशिक्षण र जनचेतना अभियान सञ्चालन गरिरहेका छौं,। साथै, जनचेतनामुलक कार्यक्रमहरुले आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमहरुको पालना गर्न,  र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको उनल बताए  ।

थप उल्लेख गर्दै उहाँले सडक सुरक्षा र ट्राफिक नियमहरुका बारेमा जनचेतना अभिवृद्धि गर्नका लागि हामीले निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं। यसले सर्वसाधारणलाई जिम्मेवार चालक बन्न र दुर्घटना घटाउन ठूलो भूमिका खेलेको प्रष्टाउनु भयो ।

पछिल्लो समय ट्राफिक प्रहरीले सचेतनामुलक अभिबृद्धि कार्यक्रमलाई बिशेष महत्व दिई सञ्चालन गर्दै आएको छ। विशेष गरी स्कूलकलेज केन्द्रित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, चालक सह-चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम र सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा कार्यक्रमहरु व्यापक रुपमा गर्दै आएकोछ।

तुलनात्मक रुपमा धनुषाको आवागमन व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरीले आफ्नो उपस्थिति, सक्रियता र निगरानी सँगसँगै बढाएको देखिन्छ । ट्राफिक प्रहरीको उपस्थितिले धेरै सवारी चालकहरु ट्राफिक नियमहरुको पालना गर्न बाध्य भएका छन् ।

ट्राफिक प्रहरीले चालेको मादक पदार्थ र लागु पदार्थ सेवन गरि सवारी चलाउने बिरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहिका साथ सवारी चलाउने र तिब्रगतिका कारणले हुने दुर्घटना न्यूनिकरणमा निर्वाह गरेको भूमिका निकै तारिफ योग्य छन् ।

विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम संचालन, ट्राफिक चेकपोइन्ट बिस्तार, भित्रीगल्ली साँघुरा सडक र करिडोर सडकमानियमित गस्तीगर्ने गरेका छौं, र अपेक्षाकृत उपलब्धी समेत हासिल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरि बहादुर वलीले बताए ।

प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण जस्तो महत्वपूर्ण बिषय ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा सम्पुर्ण सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा र ट्राफिक नियम पालनालाई संस्कारको रुपमा बिकास गर्न ट्राफिक प्रहरीले अपिल समेत गरेको छ ।

यदपि , वलीलाई स्थानीयले भारतीय सिनेमाका पात्र सिंघमको उपाधी दिएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको  सवारी दुर्घटनाबाट भएको मानवीय क्षति र सवारी दुर्घटना रोकथाम न्यूनिकरणको लागि सञ्चालन गरिएका ट्राफिक काम कारवाही तथा ट्राफिक गतिबिधीहरूको तुलनात्मक अध्ययन र प्रगतिववरण ;-

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *