प्रदेश सभा सदस्यद्वारा शिलान्यास गरिएको मन्दिरमा वैदेशिक रोजगारीमा रहेका युवाहरूको सहयोग !!

प्रमोद शर्मा,
न्युज टाईम्स टिभी डेस्क, धनुषा, १० वैशाख २०८२, बुधवार

धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ स्थित किरतपुरको पवित्र स्थल राम–सीता कंगन घाटमा कमला माइ मन्दिर निर्माण कार्य केही दिनअघि औपचारिक रूपमा सुरु गरेको थियो। मन्दिरको शिलान्यास कार्यक्रम वडा अध्यक्ष देवनारायण महतोको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा प्रदेश सभा सदस्य संजय महतो प्रमुख अतिथिको रूपमा सहभागी थिए।

विशिष्ट अतिथिमा उपप्रमुख रहिमा खातुन, वडा नं. १२ का अध्यक्ष रामनारायण अधिकारी, वडा नं. ३ का अध्यक्ष ताहिर मिया, समाजसेवी जगत सुन्दर साह, रामवृक्ष यादव लगायत स्थानिय राजनीतिकर्मी, ग्रामवासी र साधु–सन्तहरूको बाक्लो उपस्थिति रहेको थियो।

मन्दिर निर्माण कार्यमा स्थानीय चन्दा तथा वैदेशिक रोजगारीमा रहेका युवाहरूको सहयोगले महत्वपूर्ण योगदान पुर्याएको छ। त्यसै कर्ममा किरतपुर युवा समाज सेवा कतार मार्फत वैदेशिक रोजगारमा रहेका युवाहरूले ६० बोरा ओ.पी.सी. मारुती सिमेन्ट (रु. ४७,४०० बराबरको)श्री सीताराम बाबालाई प्रदान गरेका छन्।

यस सहयोग संकलनमा समाजसेवी सत्रुधन मरिक यादवले मुख्य संयोजकको भूमिका निर्वाह गरेका छन्। विदेशमा रहेर पनि गाउँ र संस्कृतिप्रति लगाव राख्ने युवाहरूलाई एकजुट गराई सहयोग संकलन गर्नुभएकोमा उहाँको प्रयासलाई सबैले प्रशंसा गरेका छन्।

सहयोग गर्ने युवाहरू सत्रुधन सदा, सत्रुधन यादव, पवन महतो, उमेश यादव, श्याम महतो, मुकेश यादव, उमेश मुखिया, धिरेन्द्र यादव, रामअशिष मुखिया, रामलाल मुखिया, अरबिन्द यादव, रबिन्द्र यादव, बिरेन मुखिया, प्रदीप मरिता यादव, लक्ष्मण मुखिया, सुरेश महतो, घनश्याम मुखिया, सन्जिप मरिता यादव, सन्जिप यादव, सुरेन्द्र यादव, रामबचन मुखिया (सबैला ४) र सन्तोष ठाकुर (जटही),किरतपुर युवा बचत गुरुप,लगायत रहेका छन्। सहयोगमा कुनै भेदभाव नगरिएको र जो जसले सक्दो सहयोग गर्नुभएको छ, सबैप्रति आभार प्रकट गरिएको छ।

स्थानीयको विश्वास अनुसार मन्दिर निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनसँगै गाउँको सांस्कृतिक पहिचान जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *