न्युज टाईम्स टिभी, जनकपुरधाम – २०८२ जेठ २० गते ।
धनुषाको शहिदनगर नगरपालिका–१ स्थित बेरियाटोलमा सार्वजनिक मञ्च निर्माण कार्य सुरु भएको छ।
सोमबार मुशहरी बजारमा आयोजना गरिएको कार्यक्रममार्फत नगर प्रमुख दिनेश प्रसाद यादवले सार्वजनिक मञ्चको शिलान्यास गरेका हुन् । उनले स्थानीय बासिन्दाको उपस्थितिमा विधिपूर्वक पुजापाठसहित शिलान्यास सम्पन्न गरेका थिए ।
सो कार्य निर्माण गर्नको लागि नगरपालिकाबाट नगर प्रमुख यादवले १० लाख रुपैयाँ विनियोजन गरिएको हो । सार्वजनिक मञ्च निर्माणपछि त्यस भेगका स्थानीय सामुदायिक कार्यक्रम, छलफल, सभा–सेमिनार र सांस्कृतिक गतिविधिहरु संचालन गर्न सहज सहित उपयोग हुनेछ।
