कटहरिया–४ मा नगरस्तरीय हजारी जवाफ प्रतियोगिता हुँदै, शैक्षिक विकासमा नयाँ आयाम थपिँदै चन्दन कुशवाहा

दिपेश कुमार शाह

न्युज टाईम्स टिभी डेस्क – रौतहट, कटहरिया २०८२ १४ गते जेठ
कटहरिया नगरपालिका–४ को सक्रिय पहलमा यस वर्ष पनि नगरस्तरीय हजारी जवाफ प्रतियोगिता, वक्तृत्वकला र चित्रकला कार्यक्रमको आयोजना हुन लागेको छ। शिक्षा क्षेत्रलाई सबल बनाउने उद्देश्यसहित सञ्चालन हुन लागेको यस कार्यक्रमले स्थानीय विद्यार्थी, शिक्षक र अभिभावकहरूमा नयाँ ऊर्जा थपेको छ।

कार्यक्रम संयोजक तथा वडा अध्यक्ष चन्दन कुमार कुशवाहाका अनुसार, प्रतियोगिता आगामी केही हप्ताभित्र सञ्चालन गरिनेछ भने मिति र स्थानको जानकारी २० दिनभित्र सार्वजनिक गरिनेछ। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “यो कार्यक्रम विद्यार्थीहरूको बौद्धिक विकास, आत्मविश्वास वृद्धी र सृजनशील क्षमताको अभिवृद्धिका लागि सशक्त माध्यम हो।”

प्रतियोगितामा स्थानीय विद्यालयहरूका विद्यार्थीहरू, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य सहभागिता अपेक्षित गरिएको छ। आयोजकका अनुसार हजारी जवाफजस्ता प्रतियोगिताले विद्यार्थीमा तीव्र सोच, सहकार्य क्षमता र सार्वजनिक प्रस्तुति कौशलमा सुधार ल्याउने विश्वास गरिएको छ।

विगतका वर्षहरूमा समेत यस्ता कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेको अनुभवले गर्दा यसपटकको कार्यक्रम अझ व्यापक र प्रभावकारी हुने अपेक्षा गरिएको छ। कुशवाहाले भने, “हामी हरेक वर्ष यस्तो किसिमको शैक्षिक गतिविधिलाई निरन्तरता दिँदै आएका छौं। यसले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र सिर्जनात्मक सोचको विकासमा ठूलो योगदान पुर्‍याउँदै आएको छ।”

स्थानीय समुदायमा कार्यक्रमको उत्साहजनक चर्चा सुरु भइसकेको छ। शिक्षक, अभिभावक र विद्यार्थी सबै मिलेर कार्यक्रमलाई सफल बनाउन तयार रहेको बताइएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *