न्युज टाइ्म्स टिभी डेस्क, जनकपुरधाम — २०८२ मंसिर २
मधेस प्रदेश प्रमुखको कार्यालयमा कार्यरत २४ वर्षीय नासु पंकज यादव र ५७ वर्षीय कार्यालय सहयोगी शिवलाल महरामाथि भएको हातपात प्रकरणमा दर्ता भएको मुद्दामा लोसपा मधेसका पूर्व प्रदेश सांसद परमेश्वर शाह र धनुषा जिल्ला अध्यक्ष जितेन्द्र झा धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय धनुषाले दुवै जनालाई रु १–१ हजार धरौटीमा छोडेरको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बमले जानकारी दिए।
डिएसपी बमका अनुसार, मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेकाले कानुनी प्रक्रिया भने यथावत् रहनेछ। प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी निर्णय लिएर उनीहरूलाई धरौटीमा रिहा गरिएको छ।
