जनकपुरधाम, साउन २१ – कुल न्युज नेटवर्क प्रा.लि.जनकपुरधामद्वारा सञ्चालित धनुष टिभीको प्रथम वार्षिकोत्सव मंगलबार आफ्नै कार्यालय परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सञ्चालिका कंचन कुमारी ठाकुरले गरिन् भने प्रमुख अतिथिका रूपमा मधेस प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि हंसपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख रामज्ञान मण्डल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, मधेस प्रदेश मिडिया काउन्सिलका पुर्व अध्यक्ष कैलास दास, मधेस प्रदेश टिभी प्रसारक महासंघ प्रदेश अध्यक्ष बिष्णु कुवरस ,वडा अध्यक्ष मिथिला साह,मिथिलाअन्चल एफएम अध्यक्ष तथा पत्रकार मुकेश दुवे,नेपाल प्रेस युनियन धनुषा सचिव पत्रकार हरिबन्स यादव ,राष्ट्रिय आवाजका संचालक ओमप्रकाश साह,अभिनेत्री इशिका भुजेल ,गायक पवन पुर्वैया गिरिजानन्द साह,पुजा जनकवाली ,पत्रकार विजय ठाकुर,पत्रकार अनितेश यादव न्युज एओनका संचालक सनोजहित विभिन्न सञ्चारगृहका पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।
धनुष टिभीका पत्रकार अनिल निरालाले स्वागत मन्तव्य दिए भने कार्यक्रमको सञ्चालन रेडियो धनुषका सञ्चालक पत्रकार मुकेश कुमार ठाकुरले गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले मधेस प्रदेशको सञ्चार क्षेत्रमा विद्यमान समस्या, चुनौती र समाधानका उपायबारे आफ्ना धारणा राखे। पत्रकार हरिबंश यादवले स्थानीय मुद्दामा ध्यान केन्द्रित गर्न सबै सञ्चारकर्मी एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। मुकेश दुबेले जनकपुरका मिडिया हाउसहरू आर्थिक संकटमा रहेको र व्यवस्थापन कठिन बनेको बताए।
पत्रकार बिष्णु कुवरले प्रदेश र स्थानीय तहबाट छुट्याइएको बजेट केन्द्रका मिडियामा जाने प्रवृत्तिको आलोचना गर्दै अभिमुखीकरण कार्यक्रम आवश्यक भएको बताए। पत्रकार कैलास दासले ग्रामीण क्षेत्रबाट रेडियो सञ्चालन गर्दै टेलिभिजनसम्मको यात्रा तय गरेकोमा सञ्चालक मुकेश कुमार ठाकुरलाई बधाई दिँदै विज्ञापन वितरणमा समानुपातिकताको माग गरे।
पूर्वनगरप्रमुख रामज्ञान मण्डलले धनुषा टिभीले आवाजविहीनको आवाज बनेर उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै स्थानीय विज्ञापन स्थानीय मिडियामै प्रवाह गर्नुपर्नेमा जोड दिए। महासंघ अध्यक्ष पुरन गुप्ताले पत्रकारिता क्षेत्रमा गुणस्तरीयता र समन्वयको कमी रहेको बताउँदै एकजुटताको आह्वान गरे।
प्रमुख अतिथि सुरेश यादवले विज्ञापन बजेट प्रभावकारी रूपमा स्थानीय मिडियामा वितरण हुनुपर्ने आवश्यकता औंल्याए। उनले ‘कपि–पेस्ट’ पत्रकारिताको अन्त्य गर्दै व्यावसायिक पत्रकारिता नै समस्या समाधानको बाटो भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा अनिल कुमार निरालालाई उत्कृष्ट पत्रकारिता सम्मानपत्र, बिरेन्द्र रायलाई चिफ इडिटर सम्मान प्रदान गरिएको थियो। साथै सञ्चारकर्मी बिष्णु कुवर, इसिका भुजेल, वडा अध्यक्ष मिथिला साह, धिरेश दत्त, अरविन्द कुमार महतो र ओमप्रकाश साहलगायत सहभागी सवैलाई मायाको चिनो प्रदान गरिएको थियो।
धनुषा टिभीको प्रथम वार्षिकोत्सवले स्थानीय सञ्चार माध्यमका समस्याको बहस मात्र नभई समाधानका दिशामा पनि संकेत गरेको सहभागीहरूले बताएका छन्।