महासेठ ब्रान्ड नै काफि,धन लक्ष्मी र शुभ लक्ष्मीले लाखौँ रुपैयाँ ठगी,प्रहरीमा उजुरी,कारबाहीमा ढिलाइ !!

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८२ जेठ २१ गते
जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा विगत १० वर्षदेखि संचालनमा रहेका धन लक्ष्मी कृषक समूह र शुभ लक्ष्मी कृषक समूहले स्थानीय मजदुर वर्गका बचतकर्ताहरूको लाखौँ रुपैयाँ ठगी गरेको छ।

धन लक्ष्मी कृषक समूहका संचालक ३४ बर्षिय पप्पु महासेठ र उनका दाजु, शुभ लक्ष्मी कृषक समूहका संचालक ३८ बर्षिय शिवशंकर महासेठले आर्थिक हिनामिना गरी वर्षौँदेखि संकलित बचत रकम फिर्ता नगरी दुरुपयोग गरेको पीडितहरूको आरोप छ।

करोडौंको सम्पत्तिमा रूपान्तरण, धम्की र अटेर
महोत्तरीको लहरपट्टी–४ निवासी पीडित रामपुकार शाहका अनुसार, बचतकर्ताबाट उठाइएको रकमबाट संचालक शिवशंकर महासेठले आमाको नाममा सम्पत्ति किनमेल गरी कुर्था पब्लिक स्कुल तथा पुस्तकको थोक कारोबार संचालनमा ल्याएका छन्।

शाहले भने, “हामीले पैसा माग्दा उल्टै गल्ती देखाउने, धम्की दिने र हिसाब मिलाउन नमान्ने गरेको छ। धेरैपटक मौखिक रूपमा माग गर्दा पनि बेवास्ता गरिएको छ।”

प्रहरीमा उजुरी, तर कारबाहीमा ढिलाइ
पीडितहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए। उजुरीपछि संचालक शिवशंकरले दुईपटक प्रहरी कार्यालय पुगेका थिए, तर सहमतिअनुसार रकम हालसम्म फिर्ता गरिएको छैन।

प्रहरीको उजुरी शाखाले जेठ ११ र १९ गते दुईपटक तागेता पत्र जारी गरे पनि विपक्षी प्रभावशाली राजनीतिक संरक्षणका कारण अझै उपस्थित नभएको पीडितहरूको आरोप छ।

नेताहरूको संरक्षण र राजनीतिक हस्तक्षेप
पीडित सुन्दर देवी महतोका अनुसार, संचालक महासेठहरूलाई स्थानीय नेताहरूले संरक्षण दिइरहेका छन्। उनले भनिन्, “हामीले रकम माग्दा उनीहरू राजनीतिक बहाना बनाउँछन्। केही नेताहरू त उल्टै केस थाम्न दबाब दिन थालेका छन्।”

हुन त कुर्थामा प्राय यसता ब्रान्ड नाम भएका व्यक्ति लागुऔषध बेचबिखन, दलालि , आर्थिक बेईमानी तथा ठगी कार्यमा संगलन रहन्छन्। महासेठ ब्रान्ड नै काफि छ, समाजमा यस्ता ठगी गर्ने व्यक्तिहरूको संरक्षण गर्ने प्राय आफ्नै घरको झगडा नसल्ट्याउने नेताहरू हुन् जो आफूलाई ठूला नेता ठान्दै आएका छन्। आफ्नो नाम गोप्य राखिदिने शर्तमा एक समाजसेविले जानकारी गराए। यस्ता व्यक्तिहरूको संरक्षण गर्नेहरू समाजको न्यायिक प्रणालीमाथि नै घात गरिरहेका छन्।”

यदपी, राजनीतिक प्रभाव, प्रहरी प्रशासनको कमजोरी, र दोषीलाई कारवाही गर्न ढिलाइ हुनु झनै चिन्ताजनक हो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *