न्युज टाईम्स टिभी डेस्क, धनुषाधाम, धनुषा, १६ वैशाख २०८२, मंगलवार –
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय धनुषाधामले आज प्राथमिक स्वास्थ्य केन्द्र, धनुषाधाममा एक दिने सरफ बनाउने तालिम प्रभावकारी रूपमा सम्पन्न गरेको छ।
तालिममा हंसपुर नगरपालिका, सबैला नगरपालिका, मिथिला बिहारी नगरपालिका र धनुषाधाम नगरपालिकाका ८० जना महिला सदस्यहरू सहभागी भएका थिए। उनीहरूले उक्त तालिममार्फत सरफ बनाउने सिप सिकेका हुन्। जसले उनीहरूलाई भविष्यमा स्वरोजगारमा लाग्न प्रेरित गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं. १ का वडा अध्यक्ष सुनिल कापर केवट रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाकी सदस्य विभा कुमारी मण्डलले गर्नुभएको थियो।
धनुषाधाम शाखा प्रमुख दीपक कुमार यादवले तालिमको उद्देश्यबारे जानकारी दिँदै, भविष्यमा पनि सीप विकासमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि केवटले भने, “महिलाहरूलाई स्वरोजगारमुखी तालिमद्वारा सशक्त बनाउने यस्तो प्रयास अत्यन्तै सराहनीय छ।संस्थाले उनलाई मायाको चिनो समेत प्रदान गरेका थिए।
” तालिममा सहभागी विभा मण्डलले पनि “यस्ता तालिमले महिलामा आत्मनिर्भरता र आर्थिक सशक्तिकरणको मार्ग खोल्छ,” भन्ने विश्वास व्यक्त गरिन्।
साथै, कार्यक्रममा यदुकाहा शाखा प्रमुख हरि शंकर मण्डल, बर्दीवास स्टेशनका अनुगमन अधिकृत नरेश कुमार सिंह, धनुषाधाम शाखा प्रमुख दीपक कुमार यादव लगायत सदस्य, कर्मचारी र महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।