न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८२ जेठ ११ धनुषा जिल्लाको औरही गाउँपालिकामा करिब ८ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको नयाँ प्रशासनिक भवन हालसम्म उद्घाटन नहुँदा स्थानीय जनतामा असन्तोष बढ्दै गएको छ। ठेकेदारले भवन निएर्माण सम्पन्न गरी ६ महिना अघि नै साँचो हस्तान्तरण गरे पनि राजनीतिक कारणले उद्घाटन प्रक्रिया रोकिएको छ।
एक स्थानीय चिया पसलमा यो भवनलाई “भूतबंगला” भनेर व्यंग्य गर्दै चर्चा गरेर जनप्रतिनिधिको उपहास गरेका छन् । निर्मित भवनको उदघाटन हुन नसक्नु जनप्रतिनिधिको लागि लज्जाको बिषय बनेको छ । जनप्रतिनिधिहरूको निष्क्रियता र राजनीतिक खिचातानीले गर्दा यस्तो अवस्था आएको जनगुनासो छ।