नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा प्रर्दशन तथा धर्ना

जनकपुरधाम, ७ कार्तिक २०८२, बुधबार (न्युज टाईम्स टिभी डेस्क)
सरकारी तलब स्केल र सुविधाहरू लागू गर्न माग गर्दै नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले धनुषामा प्रदर्शन तथा धर्ना गरेका छन्।

स्वास्थ्यकर्मीहरूले कात्तिक १९ गते विहान जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै आफ्ना मागहरू अघि सारेका हुन्। उनीहरूले सरकारी स्केलअनुसार तलब, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था, हप्तामा ४२ घण्टा मात्र कामको समय, तथा स्वास्थ्यकर्मीको परिवारका लागि निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन्।

स्वास्थ्यकर्मी संघर्ष समितिका सदस्य नवेस अधिकारीका अनुसार, यो आन्दोलन स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार र समान व्यवहारका लागि गरिएको हो।

प्रदर्शन र धर्नाको अनुगमन मानव अधिकार संस्था इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान र धनुषा प्रतिनिधि सन्तोष कुमार यादवले स्थलगत रूपमा गरेका थिए।

यसअघि कात्तिक १८ गते जनकपुरधामको पिडारी चोकमा स्वास्थ्यकर्मीहरूले गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा रिमा मण्डल, रोशनी चौधरी, मधु कापर, अम्बिका यादव र संस्कार यादव सामान्य घाइते भएका थिए।

त्यसै क्रममा प्रहरीले ओम कापर, पशुपति यादव र आतिश सिंहलाई पक्राउ गरेकोमा सोही दिन साँझ रिहा गरिएको स्वास्थ्यकर्मी संघर्ष समितिले जनाएको छ।

प्रहरीका अनुसार, स्वास्थ्यकर्मीहरूले कात्तिक १८ गते बिहान ११ बजेदेखि राति ८ बजेसम्म जनकपुर–ढल्केवर सडकखण्डस्थित पिडारी चोकमा चक्काजाम गरेपछि यातायात सञ्चालन गर्न बल प्रयोग गर्नुपरेको थियो।

स्वास्थ्यकर्मीहरूले भने सरकारले माग पूरा नगरे अर्को चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *