६०५ औं स्काउट बी.टी.सी. तथा ४४८ औं पी.टी.सी. तालिम सम्पन्न

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८२ जेष्ठ २८, बुधबार –

जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय रुपैठा बेल्हीमा सञ्चालित ६०५ औ Boys स्काउट आधारभुत तालिम (BTC) तथा ४४८ औ Girls स्काउट आधारभुत तालिम (PTC) तालिम बुधबार सम्पन्न भएको छ।

नेपाल स्काउट मधेश प्रदेशको सहकार्यमा र मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा आयोजित सो तालिम जेष्ठ २३ गतेदेखि २८ गतेसम्म ६ दिन र ५ रातसम्म सञ्चालन भएको थियो। तालिममा २९ जना पुरुष र २६ जना महिला सहभागी भई जम्मा ५५ जना प्रशिक्षार्थी सहभागी भएका थिए।

समापन समारोहका प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले स्काउट अभियानको गरिमा र इतिहासलाई स्मरण गर्दै यस्तो तालिमले अभियानमा सानो भए पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा स्काउट गतिविधिलाई अझ सशक्त रूपमा अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि जनाए। अब बनाउने बजेटमा पनि निती तथा कार्यक्रमा स्काउटलाई अझ ब्यबस्थित रुपमा कसारी अगाडी बढ्ने तयारीमा लागेका छौ उनले भने ।

प्रदेश प्रमुख आयुक्त दिनेश यादवले स्काउट अभियानका लागि मंत्री जयसवालले ठूला बजेट योजनाका साथ अघि बढ्न सकिने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिए।

समारोहका उद्घोषक तथा प्रशिक्षार्थी विवस कुमार कर्णले “If you go forward you will die, if you go backward you will die, so better to forward and die” भन्ने कथनलाई आत्मसात गर्दै सहभागीहरूले स्काउट अभियानमा निरन्तर लागिरहने संकल्प व्यक्त गरेका जानकारी दिए। उनले स्काउटका प्रवर्तक बेडन पावेलको भनाइ उद्धृत गर्दै सहभागीहरूलाई अगाडि बढ्न प्रेरणा दिए।

समापन समारोहमा विशिष्ट अतिथि राष्ट्रिय सञ्चार आयुक्त नारायण बहादुर कार्की, अध्यक्षता प्रदेश प्रमुख आयुक्त दिनेश यादव, मधेश प्रदेश सदस्यतावृद्ध आयुक्त बद्री नारायण मिश्र, शैक्षिक पद्धति आयुक्त दिलिप उपाध्याय, प्रदेश सदस्य शालु मिश्र, प्रदेश अधिकृत रञ्जिता यादव, प्रशिक्षक पुरुष कोर्ष लिडर विश्व श्रेष्ठ, प्रशिक्षक महिला कोर्ष लिडर सिमा कुमारी कर्ण, सत्रुधन यादव, दिपिका कार्की, विद्यालयका प्रधानाध्यापक धिरेन्द्र चौधरी, वडा अध्यक्ष मोही राईन, काउन्सिलर तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य स्काउटका प्रदेश प्रमुख अधिकृत रञ्जिता यादवले राखेकी थिइन् भने सञ्चालन विभास कुमार कर्णले गरेका थिए।समारोहमा सहभागीहरूलाई मायाको चिन्ह र प्रशिक्षार्थी प्रमाणपत्र प्रदान गरिएको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *