७ वर्षीया बालिका बलात्कार प्रकरणमा आरोपित पक्राउ !

न्युज टाईम्स टिभी डेस्क – धनुषा, २०८२ मंसिर १५ गते
क्षिरेश्वरनाथ नगरपालिका–५ की ७ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा ६७ वर्षीय रामभगत शाहलाई प्रहरीले पक्राउ गरेको छ। पीडित परिवारजनले मंसिर १३ गते उजुरी दिएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सोही दिन शाहलाई नियन्त्रणमा लिएको हो।

घरमा कोही नभएको मौका छोपी आरोपितले बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको थियो।

घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक रमेश सिंहले जानकारी दिए।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *