७ दलको समर्थनमा बनेका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २१ मंसिर २०८२, आइतवार
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आइतबार शपथ ग्रहण गराएका हुन् । यही मंसिर २४ गते उनी विश्वासको मत लिने तयारीमा छन् ।

काँग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसअघि, संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि काँग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *