धनुषाधाममा मतदान जारी…

सन्तोष कुमार यादव
न्युज टाइम्स डेस्क, धनुषा, १६ मंसिर २०८१, आइतवार

धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा शान्तिपूर्ण निर्वाचन हुँदैछ। तीनवटा मदतान स्थल र चारवटा मतदान केन्द्र यस रहेको छन् ।

ठाकुरप्रसाद स्मृति प्रतिष्ठान समदायिक भवन गोविन्दपुरमा मतदाताको सङ्ख्या १६७२ रहेका छन्। बुत कमा ८१२ र बुत ख मा ८६० छ्न । बुथ (क)मा मतदाता सङ्ख्यामध्ये हालसम्म ४५ जना पुरुष र ६४ जनाले मतदान गरेका छन्।बुथ (ख)मा ५५ महिला र ४५ पुरुषले खसाएका छ्न। ४ जना पुरुष र १ जना महिला कर्मचारी रहेका छ्न । ९ जना पुरुष र २ जना महिला प्रहरी खटेका छ्न भने ७:१० मिनेट मा मतदान सुरु भएको निर्वाचन अधिकृत अनिल पाण्डेले जानकारी दिए ।

गाविस भवन धनुसा गोविन्दपुरको मतदान स्थलको मतदाता सङ्ख्या ३३५ रहेका छन्। हालसम्म ६२ महिला र ५४ पुरुषले मतदान गरेका छन्। उक्त मतदानस्थलमा पाँचजना पुरुष कर्मचारी खटेका छन् । सुरक्षाकर्मीमा १२ जना पुरुष र दुई जना महिला रहेको निर्वाचन अधिकृत सुनिल कुमार चौहानले बताए ।

श्री मावि मुंगराहा मतदान स्थलमा जम्मा मतदाताको सङ्ख्या ८७८ रहेका छन् । सो मतदाता मध्ये ५६ वटा पुरुष र ३५ वटा महिला हालसम्म मतदान गरेका छन् । सशस्त्र प्रहरीबाट ३० जना पुरुष सुरक्षाकर्मी रहेका छन् भने नेपाल प्रहरीबाट १४ जना पुरुष सुरक्षाकर्मी र दुईजना महिला सुरक्षाकर्मी रहेका छन् । मतदान स्थलमा पाँच जना कर्मचारीमध्ये ४ जना पुरुष र एकजना महिला रहेको र उक्त मतदान ७:४५ मा सुरु भएको निर्वाचन अधिकृत डम्बर प्रसाद घिमिरेले बताए ।

यदपि, नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका विश्वनाथ यादवको ३१ जेठ २०८१ मा निधन भएपछि यहाँ चुनाव हुँदैछ। वडाध्यक्ष पदको लागि २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *