दलित बस्तीमा सडक विस्तारको क्रममा बलपूर्वक घर भत्काएको भन्दै आरोपित विरुद्ध उजुरी

न्युज टाईम्स टिभी डेस्क – धनुषा २०८२ मंसिर १५ गते

क्षिरेश्वरनाथ नगरपालिका-१० पटोकी गाउँको चमार टोलका आठ जनाको घर सडक विस्तारको क्रममा भत्काएको आरोपमा सोही ठाउँका ३५ वर्षीय रविन यादव, २७ वर्षीय वीरज कुमार यादव, २५ वर्षीय सर्वन साह, ३० वर्षीय सर्वन यादव विरुद्ध ०८२ मङ्सिर १२ गते पीडितहरुले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका छन्।

पीडित ४४ वर्षीय वीरेन्द्र महराका अनुसार सडक निर्माण भइरहेको सडक पहिला २८ फिट रहेको र अहिले सडक विस्तारको क्रममा दुवै तर्फबाट मिलाएर ३३ फिट बिस्तार हारसर देखि ठेरासम्म आउँदै गर्दा कार्तिक २९ गते दलित बस्तीमा विस्तारको क्रम पुगेपछि कुनै किसिमको जानकारी नगराइकन कानुन विपरीत तरिकाले एकतर्फी दलित समुदायहरूको घर सडक निर्माणको क्रममा भत्काइएको बताए।

उक्त काम रोक्न जाँदा आरोपितहरूले बलपूर्वक तोडफोड गर्दा पीडित महाराका ७२ वर्षीया आमा जिलेबिया देवी महरालाई हातमा गहिरो चोट लागेकोले सोही दिन उहाँको स्वास्थ्य उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भयो भने, २२ वर्षीय भान्जा कृष्ण महरा, २४ वर्षीय भतिजा विपिन महरालाई सामान्य चोटपटक लागेको छ।

घटनाका बारेमा पीडित पक्षले मङ्सिर ९ गते राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय र इन्सेक जिल्ला प्रतिनिधि सन्तोष कुमार यादवलाई घटनाबारे जानकारी गराएका थिए । घटनाका बारेमा मङ्सिर १२ गते राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय र इन्सेक प्रतिनिधिले संयुक्त रुपमा स्थलगत अनुगमन समेत गरेकाे छ ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *