जनमत पार्टीको अन्तर्राष्ट्रिय सल्लाहकार जगत लाल मण्डलले दिए राजिनामा !

जनकपुरधाम । जनमत पार्टीको अन्तर्राष्ट्रिय सल्लाहकारको रूपमा रहेका जगत लाल मण्डलले पार्टीको साधारण सदस्यता समेत नरहने गरी राजिनामा दिएको छ । करिब ८० जनाले समेत सामूहिक रूपमा राजिनामा दिएको उनले बताए ।

जनमत पार्टीको समग्र गतिविधि, कार्यशैली र दिशाप्रति उनको गम्भीर असहमति रहेकाले, व्यक्तिगत नैतिक मूल्य र सिद्धान्तअनुसार जनमत पार्टीसँग सम्बन्धित सम्पूर्ण पद तथा जिम्मेवारीबाट राजिनामा दिएको छ ।

साथै, देशमा राष्ट्रियता, लोकतन्त्र तथा अर्थतन्त्रको संरक्षण र सुदृढीकरणका लागि नेपाली जनताको आशा र भरोसाको केन्द्रमा रही, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता रहेको जानकारी दिए ।

भावी राजनीतिक यात्राबारे जगत लाल मण्डलको सार्वजनिक अभिव्यक्ति

म अब कुनै पनि पद, लोभ वा व्यक्तिगत स्वार्थका लागि होइन,
नेपालको माटोसँग साँचो माया, ममता र निष्ठा राख्ने
देशभक्त, जनमुखी र जनताको पीडा बुझ्ने
कुनै पनि राजनीतिक पार्टीमा सामान्य सेवा ग्राहीको रूपमा
मन, वचन र कर्मले इमान्दारीपूर्वक काम गर्न चाहन्छु।

मेरो जीवनको बाँकी राजनीतिक यात्रा
न पदको लागि हुनेछ, न प्रचारको लागि—
केवल देश, जनता र भविष्यका पुस्ताका लागि हुनेछ।

यता, विगत सन् २००२ देखि कतारमा बसोबास गर्दै सामाजिक सेवामा सक्रिय रहँदै आएका जगत लाल मण्डल सन् २००४ देखि विभिन्न संघ–संस्थामा सल्लाहकारको भूमिकामा काम गर्दै आएको छ यसै क्रममा विदेशस्थित नेकपा (एमाले) को भ्रातृ संगठनको अन्तर्राष्ट्रिय सदस्य पदबाट राजिनामा दिई सन् २००८ मा जनमत पार्टीको उपाध्यक्षको जिम्मेवारी सम्हालेको थिएँ।

त्यसपछि सन् २०१० देखि जनमत पार्टीको अन्तर्राष्ट्रिय सल्लाहकारको रूपमा साउदी अरब, दुबई तथा पटक–पटक नेपालमा गई पार्टीका गतिविधिमा सक्रिय रूपमा संलग्न रही सेवा गर्ने अवसर पाएँको उनले जनाए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *