धनुषा २०८१ वैशाख ३१ गते
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका -१ स्थित रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ ।
लक्ष्मीनिया गाउँपालिका -५ बनिनियाका २८ वर्षीय अमर यादवको २६वर्षीया श्रीमती अनिता यादवलाई वैशाख २८ गते शनिबार मध्यरातमा व्यथा सुरु भएपछि जानकी मेडिकल कलेजमा लगिएको थियो। वैशाख ३० गते आइतबार बिहान ११ बजे शल्यक्रिया द्वारा सुत्केरी गरायो। सुत्केरी गराएपछि बच्चा सकुशल छन् तर आज एक्कासी बिहान ९ बजे महिला यादवको मृत्यु भएको हो ।
आमाको मृत्यु भएपछि पीडित परिवारजनले आक्रोशित हुँदै तोडफोडमा गरेका थिए।
सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै अस्पतालमा तोडफोड गरेका मृतक महिलाका पति अमर यादवले बताए ।
मृतकका परिवारजनले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरू तोडफोडमा उत्रेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।
जानकी मेडिकल कलेजका डाक्टर विजयकुमार शाहका अनुसार अस्पतालद्वारा लापरवाही नरहेको डाक्टरहरूद्वारा महिलालाई बचाउने प्रयास गरेकै हो ,हामी पनि मान्छे नै हो भगवान होइन । पीडितहरू आक्रोशमा उत्रेपछि मेडिकल कलेजको गार्ड रूपमा टोटफोट गरेको डाक्टर शाहले बताए। बताए
घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र क्षिरेश्वरनाथ नगरपालिकाको नगरप्रमुख सुखदेव यादव , वडा नम्बर १ का वडा अध्यक्ष मकेश्वर यादव , वार्ड नम्बर ६ का वडाध्यक्ष बिनोद गुप्ता लगायत जनप्रतिनिधि पुगेर छलफलको वातावरण बनाएपछि अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर दीपक कार्कीले बताए।
