पिपरा गाउँपालिकास्तरीय बालिका भलिबल प्रतियोगिता सम्पन्न , श्री राम नारायण अयोध्या मा.वि. पिपराले गरे प्रथम कप कब्जा !

न्युज टाईम्स टिभी डेस्क – महोत्तरी।

पिपरा गाउँपालिकास्थित श्री राम नारायण अयोध्या माध्यमिक विद्यालय, पिपराको टिमले प्रथम गाउँपालिकास्तरीय बालिका भलिबल प्रतियोगितामा विजयी भएको छ।

मंगलवार सम्पन्न उक्त प्रतियोगिता पिपरा गाउँपालिका, रतौली युवा क्लब, र सेभ द चिल्ड्रेनको सहकार्यमा आयोजित गरिएको थियो। प्रतियोगिता सम्याजित समुन्नति कार्यक्रम अन्तर्गत बालबालिकामाथि हुने बालविवाहको विरुद्ध सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको हो।

श्री आदर्श मा.वि. रतौली, श्री मा.वि. सहोडवा, श्री रा.मा.वि. अतरार, श्री मा.वि. खैरबा, श्री ने.रा.ज.मा.वि. एकरहिया श्री राम नारायण अयोध्या मा.वि. पिपरा विद्यालयहरु प्रतियोगितामा सहभागी रहेका थिए।

फाइनल खेलमा श्री राम नारायण अयोध्या मा.वि. पिपराले श्री मा.वि. खैरबालाई पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगिता स्थलमा प्राथमिक उपचार कक्षको पनि व्यवस्था गरिएको थियो।

अध्यक्ष यादवले स्थानीय स्तरमा बालिकाहरूलाई खेलकुदमा प्रोत्साहन गर्दै आत्मविश्वास वृद्धि गर्ने यस्ता प्रतियोगिताले बालविवाहजस्ता सामाजिक विकृतिहरू हटाउन पनि मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

समापन कार्यक्रममा पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादव, सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम कोर्डिनेटर (सपोन्सरसिप) दिपक राज बुढाथोकी, र रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाय चौधरीले प्रथम र दोश्रो स्थान हासिल भएको टिमलाई कप, मैदल सहित प्रमाण प्रदान गरेका थिए। साथै, सहभागी विद्यालयका टिमहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *