न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, कार्तिक २६ गते (बुधबार) — मिथिला बिहारी नगरपालिकाका अनुभवी र संघर्षशील युवा नेता अशोक यादव तथा सुरेन्द्र साह सहितका युवाहरू एक कार्यक्रमका बीच **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**मा आवद्ध भएका छन्।
उनीहरू विगतमा स्थानीय तहका उम्मेदवार समेत रहेर समाजसेवा र जनसम्पर्कमा सक्रिय थिए।
यो पार्टी प्रवेश कार्यक्रम मधेस प्रदेश RAT विभाग प्रमुख अम्भु प्रसाद साहको विशेष पहलमा, रास्वपा धनुषा जिल्ला कार्यालयमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता जिल्ला सभापति लक्ष्मेश्वर यादवले गरेका थिए भने प्रमुख अतिथि मधेस प्रदेश सभापति तपेश्वर यादव रहेका थिए।
सो अवसरमा प्रदेश सल्लाहकार ध्रुव नारायण साह, जनकपुरधाम नगर सभापति ललन नायक, जिल्ला सचिव रमेश पहाडी, क्षेत्रीय सभापति शिवशंकर साह लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रास्वपामा प्रवेश गरेका नयाँ युवाहरूले पार्टीको नीति, विचार र जनमुखी अभियानप्रति आस्था व्यक्त गर्दै मधेसमा नयाँ राजनीतिक संस्कार र पारदर्शी नेतृत्व स्थापनामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
