मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिको वैधता विषयक बहस आइतबार हुने

न्युज टाईम्स टिभी डेस्क – काठमाडौं, कार्तिक २६ गते (बुधबार)

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति वैध छ वा छैन भन्ने विषयमा सर्वोच्च अदालतले आगामी आइतबार प्रारम्भिक दृष्टिकोण दिने भएको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यस सम्बन्धमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको हो। अदालतले प्रारम्भिक रूपमा नियुक्ति विवादास्पद ठहर गरेमा, दीर्घकालीन प्रभाव पर्ने कुनै निर्णय नगर्न आदेश दिन सक्ने बताइएको छ।

यसअघि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पनि ‘सुविधा सन्तुलनका आधारमा मुख्यमन्त्री र मन्त्रिपरिषद् सम्बन्धी दीर्घकालीन असर पार्ने निर्णय तत्काल नगर्न निर्देशन दिएको थियो।

उक्त मुद्दा ७४ जना प्रदेश सांसदहरूले दायर गरेका हुन्। उनीहरूले मुख्यमन्त्री यादवको कामकाज रोक्न र निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनाललाई निरन्तरता दिन माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(९) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *