📍 जनकपुरधाम, धनुषा | वैशाख २७, २०८२
🖋 न्युज टाईम्स टिभी डेस्क – जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव समयमै नगरेको भन्दै एक विद्यार्थीले अदालतमा मुद्दा दायर गरेका छन्।
स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) चुनाव नगरेको भन्दै राराब कलेज जनकपुरविरुद्ध उच्च अदालत जनकपुरले कारण देखाउ आदेश जारी गरेको छ।
अदालतले १५ दिनको म्याद दिँदै विपक्षी राराब क्याम्पसलाई “किन मागबमोजिम आदेश जारी गर्नु नपर्ने हो?” भन्नेबारे लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
अदालतको आदेशमा भनिएको छ:
“म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु।”
बीबीएस प्रथम सेमेस्टरका छात्र शैलेन्द्र कुमार मण्डलले उच्च अदालत जनकपुरमा उत्प्रेषण परमादेश माग गर्दै मुद्दा दायर गरेपछि अदालतले राराब क्याम्पसलाई कारण देखाउआदेश जारी गरेको छ। उक्त मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता विमल कुमार मिश्रले बहस गरेका थिए ।
यदपि,यस मुद्दाले जनकपुरधामस्थित शिक्षण संस्थाको प्रशासनिक निर्णय तथा कार्यशैलीमाथि कानुनी प्रश्न उठाएको देखिन्छ। आगामी दिनमा अदालतमा विपक्षीको जवाफ र त्यसपछिको सुनुवाइले यस मामिलाको दिशा तय गर्नेछ।