महासेठ सेवा समितिको अध्यक्षमा नरेश महासेठ पुनः निर्वाचित !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, मंसिर १४, २०८२ – जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्था गाउँमा रहेको महासेठ सेवा समितिको सम्पन्न निर्वाचनमा नरेश महासेठ लगातार दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका छन्। २०६९ सालमा स्थापना भएको समितिमा महासेठ २०७९ सालमा पहिलोपटक अध्यक्ष बनेका थिए।

समितिका नव–निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष नीलमदेवी, महासचिव मुकेश महासेठ, सचिव किशोरी महासेठ, कोषाध्यक्ष मकसुधन महासेठ छन्।
त्यसैगरी सदस्यमा सत्येन्द्र महासेठ र राजनारायण महासेठ तथा महिला सदस्यमा बबी देवी महासेठ, सरिता देवी महासेठ, रिना कुमारी महासेठ र सावित्री देवी महासेठ चयन भएका छन्।

विवाह, भोजभतेर, तथा सामाजिक सेवामा सक्रिय रहेको समितिले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने अध्यक्ष महासेठले बताए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *