गणेशमान चारनाथ नगरपालिकाको १५औं नगर सभा सपलतापुर्वक सम्पन्न – मेयर यादव

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पन्ध्रौं नगर सभा भव्य रूपमा सम्पन्न भएको छ।

नगर प्रमुख जित नारायण यादवले नगर सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम सार्वजनिक रूपमा प्रस्तुत गरेको छ। कुल अनुमानित आय रु.५९,४९,७०,२७०,०० (उन्नसठी करोड उन्नपचास लाख सत्तरी हजार दुई सय सत्तरी रुपैया मात्र । र व्यय तर्फ चालु रु.३१,९९,९२,२७०.०० (५३.७८%) र पूँजीगत रु.२७,४९,७८,०००.०० (४६.२२७) गरी जम्मा रु.५९,४९,७०,२७०.०० (उन्नसठी करोड उन्नपचास लाख सत्तरी हजार दुई सय सत्तरी रुपैया मात्रको वजेट स्वीकृत हुन नगरसभामा प्रस्तुत गरेको थियो।

नगर सभा मार्फत बजेट सार्वजनिक गर्दै नगर प्रमुखले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, युवा तथा महिला सशक्तिकरण, डिजिटल सेवा विस्तार लगायतका क्षेत्रमा प्राथमिकता दिइने र ३ वटा नगरपालिकाका प्रमुख बसेर सेफ हाउसको लागि सुरक्षा दृष्टिकोणले उपयुक्त जग्गा छनौट गरि बजेट छुटयाउने उनले भने।साथै,सम्पूर्ण नगरवासी, जनप्रतिनिधि तथा कर्मचारीहरूको अथक सहयोगले मात्र हामी यस नगरसभा सफलतापूर्वक सम्पन्न गर्न सफल भएका हौं र नगरको विकास कुनै एक व्यक्तिको सपना होइन, यो हामी सबैको साझा यात्रा हो उनले जानकारी दिए।

नगर उप–प्रमुख पटेलले नगरवासीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी वर्षमा अझ बढी पारदर्शिता, जवाफदेहिता, प्रभावकारी कार्यान्वयन, समावेशिता, सहभागितामूलक विकास नीति अनुसार कार्यक्रम तय गरिएको जानकारी दिइन्।

सभाको अध्यक्षता नगर प्रमुख जित नारायण यादवले गरेका थिए भने प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य मनानीय आनन्द प्रसाद ढुंगानाले थियो। साथै,प्रमुख प्रशासकीय अधिकृत शर्माले कार्यक्रममा शुभकामना मनत्व राखेका थिए।

सभामा विशिष्ट अतिथि प्रदेश संसद संजय महतो,पूर्वमन्त्री सुनिता यादव , नगर-उप प्रमुख तुलसा पाण्डे पटेल ,प्रमुख प्रशासकीय अधिकृत संतोस शर्मा ,लेखा प्रमुख बिक्रम साह,ईलाका प्रहरीकार्यलाई ढल्केबरका प्रहरी निरीक्षक जटा शंकर यादब, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, संचारकर्मी, तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यदपि, स्थानिय बासिन्दा र सरोकारवालाहरूले गाउँपालिकाको यो उपलब्धिलाई सकारात्मक संकेतको रूपमा लिएका छन्।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *