न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८२ असार ३, मंगलबार
धनुषाको औरही गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ औरही गाउँपालिकाको स्वास्थ्य शाखाले घोषणा गरेको हो । समारोहमा उनीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहले बताए ।
खोप फोकल पर्सन राम बिनेही यादवका अनुसार, उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको छ ।
“राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाको ६ वटै वडाका खोप लगाउने १६-५९ महिना उमेर समुहका जम्मा १६१८ जना बालबालिकाहरुलाई १५ महिना भित्र पाउनुपर्ने सम्पुर्ण खोप पाईसकेको र पुर्णखोप सुनिश्चितता तथा दिगोपनाको अवस्था कायमै रहेकोले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।” स्वास्थ्य शाखा प्रमुख फेकन यादवले जानकारी गराए। आगामी समयमा यसलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे।
पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि औरही गाउँपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि नियमित खोपको घरधुरी सर्वेक्षण गरिएको प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार यादवले बताए।

घोषणा समारोहमा अध्यक्षता गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह, उपाध्यक्ष पुनम कुमारी साह , प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार यादव , बिशिष्ट अतिथि खोप फोकल पर्सन राम बिनेही यादव, स्वास्थ्य शाखा प्रमुख फेकन यादव,स्वास्थ्य कार्यलयका प्रमुख उमेश यादव,वडा अध्यक्ष किशुन यादव, वडा अध्यक्ष जिनिशलाल मंडल . वडा अध्यक्ष शंकर प्रसाद साह लगायत कार्यपालिका सदस्य. खोपकार्यकर्ता,वडा सदस्य, महिला समुदायिक स्वास्थ्य स्वयंसेविका . आमा समुहको सदस्य, लगायत स्थानियहरुको उपस्थितमा कार्यक्रम भब्यताका साथ समापन भएको थियो।
