मातृभाषा विद्यालयमा व्यवस्थित रुपमा अध्यापन गराउन भाषाविद् विष्णु चित्रकारकाे जाेड !!

दिपेश कुमार साह

न्युज टाईम्स टिभी डेस्क – ललितपुर, १९ असार २०८२, बिहिवार ।  नेपालभाषा सहजकर्ता पुचः  ललितपुरको आयोजनामा अष्टमाया स्मृति प्रतिस्थानको सहयोगार्थ नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम अशोक पार्टी प्यालेसल, बालिफल सम्पन्न भएको छ ।

नेपालभाषा सहजकर्ता पुचःका सह सचिव रचना महर्जनले शुभकामना मन्तव्य राख्नुका साथै ललितपुरकाका प्रवक्ता सामाजिक कल्याणका संयाेजकका साथै नगर प्रवक्ता राजु महर्जनले पानसमा दिप प्रज्वलन गरि सुरू गरिएकाे कार्यक्रमा नेपालभाषा शिक्षिका गंगा बज्रार्चाय कार्यक्रम संचालन गरिएकाे थियाे । साथै अष्टमाया बाबुकाजी स्मृति फाउण्डेसनका सदस्यहरूले अष्टमाया बाबुकाजीले फाेटाेमा  फुल माला अपर्ण गरी दिवंगत अात्माकाे चीर शान्तिकाे कामना गरिएकाे थियाे ।

नेपालभाषाको शैक्षिक इतिहासमै प्रथम पटक आयोजना गरिएको पाठ वाचन प्रतियाेगितामा ३६ वटा विध्यालयले सहभागीता जनाइएकाे थियाे । पहिलाे चरणमा उत्कृष्ट पाठ वाचन गर्ने दश जना छनाैट गरिएकाे थियाे भने  दाेश्राे चरणमा १० जनाबाट उत्कृष्ट  तीन जनालाइ पहिला, दाेश्राे, तेश्राे घाेषणा गरिएकाे थियाे ।  विद्यार्थीहरुले  आ-आफ्नो  रचना पाठ गरेर सम्पूर्ण दर्शकहरुको मन जित्न सफल भएको थियो ।

उत्कृष्टताकाे  अाधारमा अष्ट माया फाउण्डेशनका  प्रमुख बाबुराजा महर्जनले क्रमश प्रथम हुन सफल  श्री मिननाथ आदर्श शिक्षा सदन माविका नीकिता बोलाखेलाइ पुरस्कार ३५०० रकम, दाेश्राे हुन सफल श्री ललित विकास मा.वि.  पिंकी कुमारी रामलाई  ३०००/- तेश्राे हुन सफल श्री टीका विधाश्रम माविका  गोबिन्द भट्टलाइ प्रदान गरिएकाे थियाे ।

शनिबार सम्पन्न कार्यक्रमका  प्रमुख अतिथि ललिलतपुर महानगरपालिका प्रवक्ता सामजिक कल्याणका संयोजक एवम् नगरप्रवक्ता राजु महर्जनले पानसमा दिप प्रज्वलन गरि सुरु भएको कार्यक्रमको संचालन नेपालभाषा शिक्षिका गंगा बज्राचार्यंले  गरिएको थियो ।

नेपालभाषा विद्यार्थीहरुको व्यक्तित्व विकास तथा नेपालभाषा संरक्षण सम्बर्द्धन प्रवर्द्धन गर्ने उद्वेश्यले आयाेजना गरिएको कार्यक्रममा निर्णायकको भुमिका भाषाविद् विष्णु चित्रकार तथा  नेपाल प्रज्ञा प्रतिष्ठान अध्यक्ष अगिब बनेपालिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

कार्यक्रमका अतिथि सह  प्रा. तुल्सीलाल सिंहले ललितपुर महानगरपालिकाका नेपालभाषा अध्यापन गराउने  शिक्षकहरु एक सय एक भएको चर्चा गरे । उनले विद्यार्थीहरुको बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलाप एक दम सह्रानिय जनाए । जसबाट नेपालभाषा शिक्षकहरुको शिक्षण विधि कार्य कहाँ सम्म पुग्यो ? भनेर जाँच गर्न  महत्वपूर्ण रहेकाे जनाए ।

कार्यक्रमका अतिथि अष्टमाया फाउण्डेशनका प्रमुख बाबुराजा महर्जनले नेपालभाषा विषय ललितपुर नगरपालिका अनिवार्य मात्रै नभई अन्य जिल्लाहरुमा समेत नेपालभाषा समावेश गराउन सफल हुनेमा आफू आशावादी रहेको जनाए ।

उनले  हाम्रो मातृभाषा सधैं जिवित बनाई राख्नु पर्ने सबैले थाहा भएता पनि आजकल हाम्रो भाषा हाम्रा बालबालिकाहरूले बाेल्न छोड्दै गरेको अवस्थामा सम्पूर्ण भाषाप्रेमी, शिक्षकहरुले निरन्तर रुपमा लागेको खण्डमा सधैं जिवित रहने जनाए । उनले थप्दै भने यस्तो पुण्यकार्यमा मेरो श्रद्धय पिता बाबुकाजी र अष्टमायाको तर्फबाट पुरस्कार दिने अवसर दिएकोमा सम्पूर्ण आयोजकलाई हृदयदेखि धन्यवाद दिए । मातृभाषा संरक्षण कार्यमा आफ्नाे सदा सर्वदा साथ रहने प्रतिबद्धता जाहेरी गरे ।

नेवाः देय् दबूबाट अतिथिका रूपमा पाल्नु भएका सरलगोपाल महर्जनले खोकनामा पन्चायतकालमा  नेपालभाषामा कार्यक्रम गर्दा समेत बन्देज लगाइनुका साथै प्रहरी घेरेर दबाब दिएकाे  घटना सुनाए । जब देशमा बहुदल आएपनि नेपालभाषा अध्यापन गराउनेमा  केही व्यवस्था भएन अहिले  नेपालभाषा पठनपाठन गर्ने अवसर सृजना भएको  अवसरलाई नचुकाइकन सरकारी विद्यालयमा मात्रै सीमित नराखी निजी  विद्यालयहरुमा नेपालभाषा अध्यापनमा गराउन सफल भएमा मात्रै हाम्रो कला, संस्कृति तथा भाषा संरक्षण हुने जनाए ।

कार्यक्रमका अतिथि एवम् निर्णायक भाषाविद् बिष्णु चित्रकारले सरकारले अझै पनि मातृभाषा विद्यालयमा व्यवस्थित रुपमा अध्यापन नगराएकाे प्रति  गम्भीर आपत्ति जनाए । उनले नेपालभाषालाई अप्सनल विषयमा समावेश गर्न नहुने तथा भाषागत विषयमा नै समावेश गराउन जोड दिए ।  साथै नेपालभाषा  स्थानीय तहमा अनिवार्य गराउन एकपटक सबैले  पटक पुनः संघर्ष गन आवश्यक अौल्याए ।

कार्यक्रममा  नेपालभाषा केन्द्रिय विभागका नेपालभाषा उप प्रा. जीवनकुमार महर्जन, क्लासिक जेम प्रोपाईटर कृष्णलाल महर्जन, आर बि डाइमण्डबाट सरिता महर्जन, काठमाडौं नेपालभाषा स्यनामि पुचः प्रतिनिधि विद्या चित्रकार, लगायत अतिथीहरूले सहभागिता जनाएकाे थियाे ।

साे कार्यक्रमा प्रमुख अतिथी ललितपुर महानगरपालिकाका  सामाजिक कल्याण संयोजक एवम् नगर प्रवत्ता राजु महर्जनले “ललितपुर महानगरमा कक्षा चारमा नेपालभाषा अध्यापनका    पाठ्यक्रम तयारी भईसकेकाे, बजेट बिनियाेजन तथा ललितपुर महानगरमा १५ जनाकाे  नेपालभाषा अनुगमन कमिटी बनाउने कार्य भईरहेकाे जानकारी गराए ।

उनले  अष्टमाया बाबुकाजी  फाउण्डेसनकाे नेतृत्वमा शिक्षा, भाषा क्षेत्र लगायत विविध क्षेत्रमा  मानवीय भावना जागृत गराएर  कार्य गर्दै आएकाे एकदम राम्राे भएकाे छ । साथै  नेवार समुदायकाे  हक, हितकाे लागि सबैले कदम चाल्नु पर्नेमा जाेड दिए ।

सभापति पवित्रकुमार महर्जनले प्रा. तुल्सीलाल सिंहया परिकल्पना अनुसार नेपालभाषा पाठ वाचन कार्यक्रम गर्नमा सहयाेगी महानुभावहरुलनई धन्यावाद ज्ञापन गर्दै  कार्यक्रम समापन थिए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *