लागुऔषध प्रयोगकर्ता सुधारका लागि अभियान अन्तर्गत ५२ जना लागुऔषध सेवनकर्ता प्रहरीको फन्दामा !!

धनुषा । लागुऔषध प्रयोगकर्ता सुधारका लागि अभियान (CDR) अन्तर्गत ईलाका प्रहरी कार्यालय जटहिबाट खटिएको प्रहरी टोलिले लागुऔषध सेवन गर्ने व्यक्तिहरुलाई फन्दामा लिएका छन।

जिल्ला धनुषाका नगराईन नगरपालिका वडा नं. २ स्थित नेपालबाट सिमावर्ती क्षेत्र भारतीय बजारमा गई लागुऔषध सेवन गर्ने ५२ जना पुरुष व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको हो।

यस कार्यालयमा साइकोट्रोपिक परामर्शका साथै लागु पदार्थको लागि ‘ आफ्नो जिवन नगुमाउनुहोस्,लागुपदार्थलाई होइन, जीवनलाई हो ‘ लगायतका सचेतनामुलक परामर्श गरी उनीहरुको परिवारलाई जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Campaign for drug user reformation

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *