औरही गाउँपालिकामा विद्यालय व्यवस्थापन तथा सञ्चालन सम्बन्धी तीन दिने तालिम सम्पन्न !!

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८१ असार १ — धनुषाको औरही गाउँपालिका अन्तर्गत विद्यालय व्यवस्थापन तथा सञ्चालन सम्बन्धी तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

समापन समारोहमा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष उमा शंकर् प्रसाद साहका अनुसार, शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालयहरू सक्षम, उत्तरदायी र समन्वयकारी हुनुपर्नेमा जोड दिएका थिए। साथै, यस्तो तालिमले विद्यालयहरूलाई दक्ष बनाउने र शिक्षा सम्बन्धि बजेट गाउँपालिकाले छिट्याइ नै रहेको उनले भने ।

गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको उक्त तालिममा १० वटै स्थानीय सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक प्रतिनिधि तथा पालिकाका सरोकारवाला निकायका प्रतिनिधिहरूको,, सक्रिय सहभागिता रहेको थियो।

तालिमको उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर सुधार, पारदर्शी तथा उत्तरदायी व्यवस्थापन प्रणालीको विकास र विद्यालय सञ्चालनमा एकीकृत दृष्टिकोण स्थापित गर्नु रहेको शिक्षा शाखा प्रमुख सरोज यादवले बताए । साथै, यहाँहरुले आफ्नो बिधालयलाई ब्यबास्थित गर्न उनले भने ।

तालिममा जम्मा ३१ जना सहभागिहरूलाई शिक्षा ऐन तथा नियमावली, विद्यालयको प्रशासनिक संरचना, आर्थिक पारदर्शिता, अभिभावक–शिक्षक समन्वय, विद्यालयको दीर्घकालीन योजना तथा मूल्यांकन प्रणालीसम्बन्धी विषयमा विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रमको समन्वय गाउँपालिका शिक्षा शाखाले गरेको हो भने प्रशिक्षणको सहजकर्ता उमेश लाल कर्ण, भागरत झा र सत्रुधन यादवले गरेका थिए।

उक्त तालिम गाउँपालिकाको सभा हलमा २०८२ जेठ ३० गते देखि असार १ गते सम्म ३ दिन बिहान ६:३० बजे देखि २:०० बजे सम्म चलेको थियो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *