न्युज टाईम्स टिभी डेस्क – महोत्तरी , २०८२ जेठ ३० गते, शुक्रबार —
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं. ४ स्थित श्री राम नारायण अयोध्या माध्यमिक विद्यालयको खेल मैदानमा आज (बुधवार)देखि T20 क्रिकेट सहिद कप टुर्नामेन्ट २०८२ सुरु भएको छ।
टुर्नामेन्टको उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामजानकी यादव रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष विदेह पासवानले गर्नुभयो। साथै, उद्घाटन खेलमा गाउँपालिका अध्यक्ष रामजानकी यादवले ब्याटिङ र वडा अध्यक्ष विदेह पासवानले बलिङ गर्दै पहिलो दिनको T20 क्रिकेट सहिद कप टुर्नामेन्ट २०८२ आरम्भ भएको हो।
पहिलो दिनको क्रिकेट खेलमा सत्यम कोचिङ्ग र जनकपुर एकेडेमी बीच प्रतिस्पर्धा भएको थियो। खेलमा सत्यम कोचिङ्गका खेलाडीहरूले बलिङ गरेका थिए भने जनकपुर एकेडेमीका खेलाडीहरूले ब्याटिङ गरेका थिए।
सत्यम कोचिङ्गका सञ्चालक सत्यम यादवका अनुसार, “आफ्नो टिमका विद्यार्थी खेलाडीहरूको मनोबल बढाउन म स्वयं उपस्थित भएको हुँ।”
गाउँपालिका अध्यक्ष यादवका अनुसार, “, उनीहरूको खेल कौशल विकासमा सहयोग गर्न, यस्ता प्रतियोगिताले स्थानीय युवा प्रतिभा पहिचान गर्न, खेल मार्फत युवा पुस्तामा स्थान, जिल्ला र देश प्रति प्रेम र अनुशासनको भावना जागृत गरिन्छ ।” साथै, गाउँपालिकाले खेलकुद क्षेत्रमा थप लगानी गरिनेछ,र सदैव यस्ता प्रतियोगितालाई समर्थन सहित
निरन्तरता दिनेछ, ।” उनले भने।
“शिक्षा तथा खेल क्षेत्रको विकासमा गाउँपालिका गम्भीर र निरन्तर प्रयासरत रहेको वडा अध्यक्ष पासवानले बताए।
टुर्नामेन्टको प्रथम हुने टोलीलाई एक लाख रुपैयाँ नगद, ट्रफी, तथा प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ, ट्रफी, तथा प्रमाणपत्र प्राप्त गर्नेछ शिक्षा शाखा प्रमुख सर्वन कुमार यादवले बताए । साथै, उत्कृष्ठ खेलाडीलाई ट्रफी, सिल्ड, आकर्षक गिफतर प्रमाणपत्र दिइने व्यवस्था गरिएको छ।
कार्यक्रममा स्थानीय समाजसेवी विनीत पाण्डे, वडा अध्यक्ष, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, कार्यपालिका सदस्यलगायत स्थानियको उपस्थिति रहेको थियो।