मानव अधिकार समूहको कार्ययोजना तथा वार्षिक कार्यक्रमको समीक्षा बैठक सम्पन्न !!

सन्तोष कुमार यादव

धनुषा २०८१ असार २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)२०८१ असार २६ गते मिथिला नगरपालिका मानव अधिकार समुहको कार्ययोजना तथा बार्षिक कार्यक्रम काे समिक्षा बैठक कार्यक्रम यस नगरपालिकाका मानव अधिकार समुहको अध्यक्ष माेहन कुमार महत्ताे अध्यक्ष्ातामा बसि बैठक सम्पन्नता भएको छ।

उत्त प्रस्तावहरूमा मानव अधिकार समुहको कार्ययोजना तथा बार्षिक कार्यक्रम समिक्षा छलफल गर्दा मिथिला नगरपालिका मानव अधिकार समुहले २०८० साल भरि भएको कार्यक्रम शिक्षा ,स्वस्थ्य ,वातावरण र विभेद तथा महिला हिंसा जस्ता कार्यक्रम नगरपालिका भित्रका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम र मिथिला नगरपालिकाका कार्यलय प्रमुख, उप- प्रमुख लाई विभिन्न कार्यक्रम र नीति निर्माण कार्यन्वायन सम्बन्धित ध्यानाकर्षण ,११४ अौं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ढल्केबर चाेकमा दिप प्रज्जवल,काेमल हाेटलमा न्यायमा महिलाकाे पँहुच बिषयमा अन्तरकृया कार्यक्रम ,बाल श्रम दिवस अवसरमा प्रभातफेरि,विश्व वातावरण दिवसमा श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केबर प्राङगनमा वृक्षरोपण कार्यक्रम ,स्थानीय समुदाय लाई अधिकार र दायित्व प्रती सचेत पार्दै जिम्मेवारी निकायलाई जवाफदेही बनाउदै , मानव अधिकार समुहले मिथिला नगरपालिकाको कार्यलयमा ध्यानाकर्षण बुझाएको छ।

इन्सेक द्वारा यस मिथिला नगरपालिका शिक्षा कार्यक्रम अन्तरगत संचालन गरि रहेको कार्यक्रममा मानव अधिकार समुहले शिक्षा,स्वास्थ्य,वातावरण र विभेद तथा महिला हिंसा कार्यक्रममा मिथिला न पा मानव अधिकार समुहले विभिन्न कार्यक्रम साथ सहयोग र सहभागिता गरि रहेको भनेर अध्यक्ष माेहन कुमार महत्ताे ले बताउनु भयो।

यस कार्यक्रम धनुषा जिल्ला सहजकर्ता शिवजी परियारले सहजिकरण गरिएको छ।

                                      
Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *