कटहरियामा जसपा नेपाल द्वारा विशाल विरोध प्रदर्शन !!

✍ दिपेश कुमार शाह,
न्युज टाईम्स टिभी डेस्क – रौतहट, १८ भदौ २०८२, बुधवार

जनता समाजवादी पार्टी नेपाल, रौतहट जिल्ला समितिको आयोजनामा कटहरिया नगरपालिका–५ स्थित कटहरिया बजारमा विशाल विरोध प्रदर्शन गरिएको छ।

सडक जुलुस र विरोधसभामा पार्टीका जिल्ला स्तरका नेता, कार्यकर्ता र स्थानीय नागरिकको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले सरकारका दमनकारी गतिविधि, जनतालाई बेवास्ता गर्ने नीति तथा बढ्दो भ्रष्टाचारविरुद्ध नाराबाजी गरेका थिए।

विरोधसभालाई सम्बोधन गर्ने क्रममा जसपाका नेताहरूले जनताको अधिकार हनन गर्ने, विकास निर्माणमा ढिलासुस्ती गर्ने र न्यायको पहुँच टाढा बनाउने प्रवृत्तिको घोर विरोध गर्दै पार्टी निरन्तर संघर्षरत रहने बताएका छन्। साथै, जनताको समस्यालाई समाधान गर्न स्थानीयदेखि केन्द्रीय तहसम्म दबाब दिने चेतावनी पनि दिएका छन्।

कटहरिया बजारमा भएको यस विरोध प्रदर्शनले स्थानीय जनतामा उत्साह जगाएको छ भने आगामी दिनमा अझै संगठित आन्दोलन गर्ने तयारी रहेको जसपा जिल्ला समितिले जनाएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *