धनौजी गाउँपालिका स्थित वडा नं. २ मा नेपाली कांग्रेसको होली मिलन समारोह !!

अनितेश यादव
चैत्र १० गते, शनिवार

जनकपुरधाम । जिल्ला धनुषाको धनौजी गाउँपालिकामा नेपाली कांग्रेसको होली मिलन समारोह आयोजना गरी आज शनिबार रंगमैं उल्लासपूर्वक धुमधाम सँग मनाएका छन । नेपाली कांग्रेस वडा कार्यसमिति परिवार धनौजी गाउँपालिका वडा नं. २ द्वारा सो समारोह गरिएको छ ।

हिन्दुहरूको महान पर्व होली तथा मुस्लीम धर्मावलम्वीहरुको पाक पर्व रमजानको अवसरमा आयोजित धनौजी गाउँपालिका स्तरीय समारोहका प्रमुख अतिथि मधेश प्रदेश सरकारको प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री राम सरोज यादवले हर्स उल्लासको पर्व होलि आपसी सदभाव सहयोगको लागि हुनुपर्छ। रंगको पर्व होलीमा राजनीतिक कुरा नगरी समाजीक सांस्कृतिक कुराहरूलाई प्राथमिक राख्नुपर्नेमा सांसद यादवले जोड दिएका थिए ।

नेपाली कांग्रेस धनौजी गाउँपालिका सभापति रामनाराण यादवको अधयक्षतामा भएको होलीमिल न कार्यक्रममा पालिका अध्यक्ष राज कुमार साह, वडा नम्बर २ का अध्यक्ष उदय कुमार साह,उपाध्यक्ष रामवती देवी मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष राम सोभिता मण्डल , कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी , स्थानीयहरु लगायतको उल्लेख्य सहभागीता रहेकोे थियो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *