गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ मा कृषक तालिम तथा मेसनरी उपकरण वितरण कार्यक्रम सम्पन्न

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम,३१ वैशाख २०८२, बुधवार

गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ को आर्थीक सहयोगमा र सेफ नेपाल, जनकपुरधामको आयोजनामा बैशाख २५ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको कृषक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ४० जना सहभागी कृषकहरूलाई तालिमको समापन समारोहमा मेसनरी उपकरण वितरण गरिएको हो ।

कार्यक्रमको उद्देश्य कृषकहरूलाई आधुनिक कृषि प्रविधि तथा सीपमा दक्ष बनाउनु रहेको थियो। तालिमको समापन कार्यक्रममा सहभागी किसानहरूलाई आगामी दिनमा कृषि उत्पादनमा अझ प्रभावकारी सफलता मिलोस् भन्ने शुभकामना सहित प्रमाणपत्र वितरण गरिएको थियो।

नगर प्रमुख जीत नारायण यादवका अनुसार, नगरपालिकाबाट प्रतेक बर्ष  किसानका लागि अनुदान दिरहेको, किसानले कृषी समुह दर्ता गरौ र सदैव कृषकहरूको सशक्तिकरणमा प्रतिबद्ध छौ भने ।  सहभागी कृषकले नगरपालिका सँग बिधितिकरण तथा कृषि मिटर महसुल फ्री गर्न माग समेत गरेका थिए।

कार्यक्रमले कृषकहरूमा नयाँ ऊर्जा र सीप विकासमा टेवा पुर्‍याउने विश्वास वडा अध्यक्ष  नन्दकिशोर यादवले व्यक्त गरेका छन्।

समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख जीत नारायण यादव, अध्यक्षतामा वडा नं. ९ का वडा अध्यक्ष  नन्दकिशोर यादव,वडा सचिव शम्भु मण्डल, योजना शाखा प्रमुख अभिजित यादव, कृषि शाखा प्रमुख  अर्जुन महतो, सेफ नेपाल जनकपुरधामका टिम लिडर बिर्नोद कुमार रविदास, प्रशिक्षक डा. कैलाश प्रसाद भुडेर, स्थानिय कृषक, वडा सदस्य तथा सेफ नेपालको सम्पूर्ण टोलीको उपस्थिति रहेको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *