औरही गाउँपालिकामा पालिका खोप समन्वय समितिको अभिमुखीकरण सम्पन्न !

नियमित एच.पि.भी. खोपको लक्षित छात्रा र किशोरहरुलाई पहुँचमा ल्याउन आवश्यक सहयोग र समन्वय गरौं – गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८२ माघ १९ गते, सोमबार । धनुषा जिल्लाको औरही गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा नियमित एच.पि.भी. खोप सञ्चालन सम्बन्धी आर्थिक वर्ष २०८२/०८३ का लागि पालिका खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त अभिमुखीकरण कार्यक्रममा नियमित एच.पि.भी. खोपको महत्व, लक्ष्य समूह, खोप सञ्चालन प्रक्रिया तथा सफल कार्यान्वयनका लागि सरोकारवालाहरूको भूमिका बारे जानकारी गराउँदै डा. राम विनय प्रस्तुति गरे।

कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत ११ वर्षदेखि १४ वर्ष उमेर समूहका लक्षित छात्रा तथा किशोरीहरू मध्ये कुनै पनि नछुटून् भन्ने उद्देश्यले गाउँपालिकाको सभाहलमा उक्त अभिमुखीकरण कार्यक्रम सोमबार आयोजना गरिएको हो।

कार्यक्रममा औरही गाउँपालिकाका अध्यक्ष उमा शंकर प्रसाद साह, उपाध्यक्ष पुनम कुमारी साह तथा स्वास्थ्य शाखा प्रमुख फेकन यादव, पालिका स्तरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षा क्षेत्रका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी र सफल बनाउन आपसी समन्वय, सहकार्य तथा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेकोमा जोड दिइएको थियो।

यद्यपि, यो खोप नि: शुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ र खोपले जीवन रक्षा गर्छ ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *