जनकपुरधाम – नेपाल मेडिकल एशोसिएसन (NMA) जनकपुर शाखाको हालै सम्पन्न कार्यसमिति निर्वाचनबाट डा. रामज्ञान यादव अध्यक्ष पदमा निर्वाचित भएका छन्।
निर्वाचनसँगै अन्य पदाधिकारीसमेत चयन भई नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिएको छ। निर्वाचित भएलगतै उनी अध्यक्ष पदमा नेपाल मेडिकल एशोसिएसन जनकपुर शाखाको नेतृत्व आएका हुन्।
डा. यादव एक अनुभवी डर्मालोजिस्ट (छालारोग विशेषज्ञ) हुन्। उनी जनकपुर क्षेत्रका प्रख्यात, विश्वासनीय र जनमुखी चिकित्सकका रूपमा परिचित छन्। पेशागत दक्षतासँगै सहयोगी स्वभाव, सहकार्यको भावना तथा सामाजिक उत्तरदायित्वका कारण उनी स्वास्थ्यकर्मीबीच सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छन्। समुदायमा जनस्वास्थ्य सचेतना अभिवृद्धि तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्।
निर्वाचनपछि स्वास्थ्यकर्मी, स्थानीय चिकित्सक तथा शुभेच्छुकहरूले डा. यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूको नेतृत्वमा नयाँ कार्यसमितिले स्थानीय स्वास्थ्य क्षेत्रमा नवीन कार्यक्रमहरू सञ्चालन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
यसपटकको NMA जनकपुर शाखा निर्वाचन पारदर्शी, लोकतान्त्रिक र सक्रिय सहभागिताका साथ सम्पन्न भएको बताइएको छ। यसले स्वास्थ्यकर्मीबीच सहकार्य, पेशागत एकता र उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
