बडा दशैमा सुरक्षा प्रवन्ध गर्ने जिल्ला प्रहरी कार्यालय धनुषामा अन्तरक्रिया

न्युज टाईम्स टिभी डेस्क , १८ असोज २०८१, शुक्रवार
विजया दशमी २०८१ आएसंगै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र राजदेवी मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्न सुरु भएको छ । प्रत्येक बर्ष दशैँमा भव्य मेला लाग्ने राजदेवी मन्दिरलाई यस बर्ष पनि नवदुल्ही जस्तै सजाईएको र रँगरोगनसहित राजदेवी मन्दिर प्राँगनमा आकर्षक पण्डलासहित भव्य सजावट गरिएको हो ।

यता, बडा दशै तथा विजया दशमीको दिन राजदेवी मंदिरमा हुने उत्सवका कार्यक्रम सम्वन्धि जिल्ला प्रहरी कार्यालय धनुषामा
सुरक्षा प्रवन्ध गर्ने विषयमा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा अध्यक्षतामा धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, प्र.ना.उ. वरुण वहादुर सिंह, विष्णुदल गण महेन्द्रनगर धनुषाका सेननी पवन केसी, सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणका स.प्र.उ. दर्शन गिरी, जि.ट्रा.प्र.का. धनुषाका प्रमुख प्र.नि हरी वहादुर वली, श्री महाविर युवा कमिटीको अध्यक्ष अजय कुमार गुप्ता, श्री राम युवा कमिटीको अध्यक्ष रामबाबु साह,धनुषा जिल्लाका विभिन्न कार्यालयका कार्यलय प्रमुखज्यूहरु सहित स्थानिय जनप्रतिनिधिहरु लगायत अन्दाजी २५/३० जनाको उपस्थिति रहेको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *