कथित बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी !!

सन्तोष कुमार यादव
न्युज टाईम्स टिभी डेस्क – सर्लाही,०८२ वैशाख २३ गते

बरहथवा नगरपालिका-६ की ४६ वर्षीया सबिना खातुनलाई सोही ठाउँका ३७ वर्षीय रामकिशोर यादव र ३६ वर्षीय बिवेक कुमार यादवले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा ०८२ वैशाख २१ गते उजुरी दिनु भएको छ ।

पीडित महिलालाई आरोपितहरूले वैशाख ६ गते “कथित बोक्सी” आरोपमा गालिगलौज र कुटपिट गरेको पीडितले बताउनु भयो ।

आरोपित पक्ष र बरहथवा नगरपालिका-६ र ७ का वडा सदस्यहरूले वैशाख ११ गते घटनालाई गाउँमै मिलापत्र गराउन प्रयास गरेको पीडितको आरोप रहेको छ ।

पीडित महिलाको स्वास्थ्य उपचार वैशाख ६ र ७ गते बरहथवास्थित स्थास्थ्य चौकीमा भएको र थप उपचार वैशाख ९ र १० गते प्रादेशिक अस्पताल मलंगवामा भयो । घाउ जाँच पुनः वैशाख २२ गते भएको पीडितले बताउनु भयो ।

घटना बारे गम्भीरताका साथ अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिनु भयो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *