खानेपानी मन्त्रीमा ई. दिपेन्द्र साहको माग

जनकपुरधाम। जेनजी समूहका तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयमा ई. दिपेन्द्र साहलाई नियुक्त गर्न प्रस्ताव दर्ता गराएका छन्।

कुशवाहाले साहलाई विदेह नगरपालिकामा प्रशासकीय अधिकृत र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरको प्रमुख रहँदा उपभोक्ता समितिबाट हुने अनियमितता नियन्त्रण गर्ने इमानदार प्रशासकका रूपमा प्रस्तुत गरेका छन्।

भ्रष्टाचारविरुद्ध खडा हुँदा अन्याय सहनुपरेको उल्लेख गर्दै उनलाई खानेपानी मन्त्रीमा नियुक्त गर्न माग गरिएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *