प्रस्तिका इन्भेस्टमेन्ट कम्पनी प्रा. लि. द्वारा विवाह पञ्चमीको अवसरमा निःशुल्क चिया–नास्ता वितरण !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम , २०८२ मंसिर ९ गते
जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा अवस्थित प्रस्तिका इन्भेस्टमेन्ट कम्पनी प्रा. लि. ले विवाह पञ्चमीको अवसरमा श्रद्धालुहरूलाई स्वागत गर्दै दुधमती नदी किनारमा बिहान ६ देखि १० बजेसम्म निःशुल्क चिया–नास्ता वितरण कार्यक्रम आयोजना गरेको थियो ।

कम्पनीका सञ्चालक रवि शाहका अनुसार, करिब तीन हजारभन्दा बढी श्रद्धालुहरूले कार्यक्रममा सहभागी भएर चिया–नास्ताको लाभ लिएका थिए। कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय उपस्थिति थियो।

विवाह पञ्चमी हिन्दू धर्ममा भगवान राम र जानकीको दिव्य विवाहको स्मरण गरिने पवित्र पर्व हो। जनकपुरधाममा यस दिन विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजित हुने गर्छन्। दुधमती नदी किनारमा स्नान गरी आशीर्वाद ग्रहण गर्ने परम्पराले यहाँको धार्मिक वातावरणलाई अझै गरिमामय बनाउँछ।

स्थानीयवासीहरूका अनुसार, यस्तो सामाजिक तथा धार्मिक सेवा कार्यक्रमले समाजमा आपसी सद्भाव, सहयोग र भातृत्व बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *