न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, धनुषा, २०८२ कार्तिक ९ गते ।
औरही गाउँपालिका–१ झिटकहियामा पहिलो पटक गाउँस्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भएको छ। हिन्दुहरुको महान चाडपर्व छठ पर्वको शुभ अवसर नजिकदै झिटकहिया युवा सञ्जालद्वारा आयोजित उक्त प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएका थिए।
सो प्रतियोगितामा श्री राम जानकी माध्यमिक बिधालय झिटकोहिया र गाउँका कक्षा ६ देखि १० सम्म अध्ययनरत विधार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा सरस्वती समूहले ५९ अंकसहित प्रथम स्थान, भैरव समूहले ४७ अंकसहित द्वितीय स्थान, र पुस्तक समूहले ३९ अंकसहित तृतीय स्थान हासिल गरेका छन्। विजयी समूहहरूलाई कोपी–पेन, मैदल, लोकसेवा किताब र कप पुरस्कार प्रदान गरिएको थियो, भने बाँकी १३ समूहलाई सान्त्वना पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम उद्गार मण्डलले “जन्मदिन र वार्षिकोत्सवमा चकलेट होइन, सामान्य ज्ञानको किताब दिनुहोस्, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ” भन्ने सन्देश दिए। उनले यो प्रतियोगिता एकपटक मात्र नभई यहाँका बुद्धिजीवीहरू र ओरही गाउँपालिकाका जनप्रतिनिधिहरूले समेत बुझेर निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिए । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरूलाई लोकसेवा तयारीको आधारशिला तयार गर्न सहयोग पुगिरहेको उल्लेख गर्दै उनले नेपालमा लोकसेवा आयोग निष्पक्ष, सक्षम, सन्तुलित रूपमा सरकारी रोजगारका लागि प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गरिरहेको र यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा लोकसेवा तयारीको अभिरुचि र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछन्।
धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीशंकर यादवले विद्यार्थीहरूलाई निरन्तर यस्ता प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गर्दै, विद्यालयमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुपर्ने बताए। विद्यार्थीहरूलाई लोकसेवा तयारीका लागि प्रेरित गर्दै यस्ता प्रतियोगितात्मक कार्यक्रमहरू निरन्तर यस विद्यालयमा सञ्चालन गर्नुपर्ने बताउँदै प्राध्यापकलाई अध्यक्षता ग्रहण गराएको कार्यक्रमा उनले भने। यस विद्यालयमा कक्षा ६ देखि १० सम्म औसतमा ३ सय विद्यार्थी हुनु पर्ने भए पनि ७५ जना विद्यार्थीले हिम्मत जुटाई प्रतियोगितामा सहभागी भएका प्रति उनले बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।
बिधालयका प्रधानाध्यापक बद्री नारायण यादवले प्रतेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तरगत ५ वटा प्रतियोगिता गराइरहेको जसमा संगीत, नित्य, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला रहेको र यस्ता प्रतियोगिता दुई घण्टी पक्षात प्रतेक शुक्रबार राखने समेत प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका पूर्व शिक्षक सत्यनारायण यादव रहेको र प्रधानाध्यापक बद्री नारायण यादव अध्यक्षता ग्रहण गरेका थियो । त्यस अवसरमा वडा अध्यक्ष सकिना खातुन, व्यवस्थापन समितिका अध्यक्ष सुजित कुमार यादव, युवा अभियन्ता जिवेन्द्र यादव, पूर्व कर्मचारी सत्यनारायण मण्डल, उमेश यादव, तथा समाजसेवी र बुद्धिजीवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजक झिटकहिया युवा सञ्जालका अनुसार, प्रतियोगिताको उद्देश्य गाउँका युवामा ज्ञानप्रतिको रुचि अभिवृद्धि, आत्मविश्वास र आपसी सहयोगको भावना विकास गर्नुका साथै प्रतिस्पर्धात्मक परीक्षाको भावना विकास गर्नु रहेको हो। त्यसैगरी, यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई लोकसेवा आयोग लगायतका विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि आधारशिला निर्माण गर्न मद्दत समेत गर्छ।
