न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, धनुषा, २०८२ कार्तिक ९
ध्वनि प्रदूषण नियन्त्रण अभियान अन्तर्गत धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ (स्वरूप परिवर्तन) गरी ठूला आवाज निकाल्ने १३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
कार्यालयका प्रमुख सूर्यबहादुर शाहीका अनुसार, २०८२ कार्तिक ८ गते जनकपुरधाम सहित धनुषा जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष अनुगमनका क्रममा ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो।
मोडिफाइ गरी अत्यधिक आवाज निकाल्ने सवारी साधनहरूले ध्वनि प्रदूषणसँगै मानिसको स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याउने भएकाले नियन्त्रणको कदम चालिएको प्रमुख शाहीले बताए । उनले भने,ध्वनि प्रदूषणले वातावरणीय सन्तुलनमा असर पुर्याउँछ र मानव स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ। त्यसैले यस्ता सवारी साधनहरूलाई नियन्त्रणमा लिएर कानूनी कारबाही अघि बढाइएको छ।
सवारी चालकहरूलाई सवारीसाधनमा अनावश्यक मोडिफिकेशन नगर्न, सवारी नियमको पालन गर्न र ध्वनि प्रदूषण रोकथाममा सहयोग गर्न धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत आग्रह गरेको छ।
यदपि, धनुषा प्रहरीले मोटरसाइकलहरूलाई नियन्त्रणमा लिइ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ ।
