मधेश प्रदेश प्रहरीद्वारा छठ पर्वको अवसरमा जनकपुरधाममा सरसफाई अभियान सम्पन्न !

न्युज टाईम्स टिभी डेस्क – धनुषा, २०८२ कार्तिक ८ गते

नेपालको महान धार्मिक पर्व छठको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित विशेष सरसफाई अभियान सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका पवित्र धार्मिक स्थलहरू — गंगासागर, गंगा आरती स्थल र धनुषसागर पोखरी—मा व्यापक सरसफाई गरिएको हो। यी स्थलहरू प्रत्येक वर्ष छठ पर्वका अवसरमा लाखौँ श्रद्धालुहरूले पूजा अर्चना र सूर्य उपासनाका लागि प्रयोग गर्ने प्रमुख स्थल हुन्।

यस सरसफाई अभियानमा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापा, साथै मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा, र मधेश प्रदेश सभा सुरक्षा प्रहरी कार्यालय जनकपुरधामका सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू र प्रहरी जवानहरू गरी करिब २५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य छठ पर्वका अवसरमा धार्मिक स्थलहरूलाई स्वच्छ, आकर्षक र भक्तजनमैत्री बनाउने रहेको जनाइएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *