नेपाल एडभेन्चर रनिङ महासंघ मधेश प्रदेशको अध्यक्षमा चौधरी र सचिबमा ठाकुर चयन !!

– सन्तोष कुमार यादव
जनकपुरधाम, धनुषा । शनिबार कार्तिक ८, २०८२

नेपाल एडभेन्चर रनिङ महासंघ मधेश प्रदेशको नयाँ कार्यसमिति गठन गरिएको छ।

शनिबार जनकपुरधाममा सम्पन्न महासंघको प्रदेशस्तरीय निर्वाचनबाट अध्यक्षमा राम कुमार चौधरी र सचिवमा शिब कुमार ठाकुर सर्वसम्मत रूपमा पदमा निर्वाचित भएका छन् ।

चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ, जसमा राघवेन्द्र चौधरी उपाध्यक्ष, राजेश कुमार यादव कोषाध्यक्ष, र उदय कुमार यादव, दिपक कुमार यादव, विनोद कुमार साह सदस्य रहेका छन्।

नवनिर्वाचित समितिले मधेस प्रदेशमा एडभेन्चर रनिङ खेलको प्रचार–प्रसार, खेलाडीहरूको सीप विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

नव–निर्वाचित अध्यक्ष चौधरीले पदभार ग्रहण गर्दै सबै सदस्य र खेलप्रेमीहरूलाई एकजुट भएर मधेश प्रदेशमा एडभेन्चर रनिङ खेललाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहदेखि विद्यालयस्तरसम्म दौड प्रतियोगिता र प्रशिक्षण कार्यक्रममार्फत युवा र खेलाडीहरूको सहभागिता बढाउने योजना रहेको पनि उनले बताए ।

सचिवमा निर्वाचित शिवकुमार ठाकुरले आफ्नो प्रतिक्रिया दिँदै भने,मधेस प्रदेशमा एडभेन्चर रनिङ खेललाई लोकप्रिय बनाउँदै यस क्षेत्रका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउने मेरो मुख्य लक्ष्य हो। खेलकुदले युवामा अनुशासन र सकारात्मक सोच विकास गर्छ, त्यसैले यसको विस्तारमा मेरो पूर्ण समर्पण रहनेछ। ठाकुर विगत लामो समयदेखि सामाजिक सेवा र खेलकुद क्षेत्रमा सक्रिय व्यक्तिका रूपमा परिचित छन्।

कार्यक्रममा प्रमुख अतिथि लभ अधिकारीले नयाँ कार्यसमितिलाई बधाई दिँदै खेल क्षेत्रको सशक्तिकरणका लागि महासंघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकार र परिषद्‌ले खेल पूर्वाधार र कार्यक्रमहरूमा सहकार्य गर्न तयार रहने जनाएका छन।

उक्त कार्यक्रम एडभेन्चर रनिङ महासङ्घका केन्द्रीय अध्यक्ष एकै नन्द बहादुर कुँवरको अध्यक्षतामा र मधेस खेलकुद परिषद्का सचिवालय सदस्य लव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *