न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८२ बैशाख २९ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, धनुषाको अध्यक्षमा पुनः पशुपति यादव निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आइतवार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव जिल्ला अध्यक्षमा दोहरिएका छन् । निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी शत्रुधन यादवलाई ४ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त गर्दा शत्रुधन यादवले १६४ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा शहिनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र ललित मण्डल विजयी भएका छन्। दिनेशले १८० र ललितले १५० मत प्राप्त गरेका थिए। उनीहरूका प्रतिस्पर्धी रामशंकर पासवानले १२४ र अब्दुल मनाङ्गले ७७ मत मात्र प्राप्त गरे ।
सचिव पदमा रामनारायण कापडी ९७ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी उमेश महतोले ७० मत पाए । उपसचिव पदमा राम विहारी यादवले १६० र शशिचन्द्र यादवले १५७ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै, कोषाध्यक्ष पदमा सुजिता यादव १५७ मत प्राप्त गर्दै निर्वाचित भइन् भने उनकी निकटमत प्रतिद्वन्दी अशोक कुमार यादवले १४४ मत प्राप्त गरेका छन । ।
मुस्लिम सदस्यमा रहमत राइन १८६, आमिन खान १७७ र नइम शेष ११९ मत प्राप्त गरि विजयी भएका छन महिला र जनजाति सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन भने खुल्ला सदस्यको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।