न्युज टाईम्स टिभी डेस्क – सिन्धुली, ०८२ भदाै २६ गते ।
सिन्धुली कारागारबाट यहीँ भदौ २५ गते दिउँसो भागेका ४ सय ७१ कैदीबन्दीमध्ये १ सय ७१ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।
भदौ २६ गते बिहान सम्म १ सय ७१ जनालाई पुनः नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिएको हो । भागेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भदौ २५ गते दिउँसो कारागारको सुरक्षा घेर तोडेर ४ सय २८ पुरुष र ४३ महिला गरी ४ सय ७१ जना कैदीबन्दी कारागारबाट निस्किएका थिए ।
स्रोत :- इन्सेक
